फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उपप्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीबीचको भेट

(GMT+08:00) 2017-03-25 11:00:03

चीनको हाइनान प्रान्तमा आयोजित पोआऊ एशियाली मञ्चको वार्षिक सम्मेलनका दौरान शनिवार नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ उपप्रधानमन्त्री चाङ् काउ लीसँग भेटवार्ता भएको छ। भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताउनुभयो।

चीनद्वारा अघि सारिएको एक पेटी एक मार्ग अवधारणामा नेपाल साझेदार बन्न चाहेको बताउँदै प्रधानमन्त्री दाहालले विद्युत, रेलवे आदि कनेक्टिभिटीका लागि नेपाल तत्पर रहेको जनाउनुभयो। नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको दोहोर्‍याउँदै उहाँले भन्नुभयो-नेपाली भूमि प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिनेमा नेपाल प्रतिवद्ध छ।

२०७२ वैशाखको भूकम्पपछि अवरुद्ध भएको तातोपानी नाका नेपाल चीन मित्रताको ऐतिहासिक मितेरी पुल भएकाले छिटै खुलाइदिनका अनुरोध पर्‍यो।

प्रत्युत्तरमा चिनियाँ उपप्रधानमन्त्री चाङ् काउ लीले बेइजिङमा राष्ट्रपति सी चिनफिङ्सँग हुन लागेको भेट र अन्य भ्रमण सफल हुने शुभकामना दिनुभयो। नेपाल एक सार्वभौम मुलुक भएकाले चीनले उसको सार्वभौमिकताको सँधै सम्मान गर्ने बताउँदै चाङ्ले नेपाल आफ्ना समस्या सुल्झाउनका लागि आफैं सक्षम रहेको बताउनुभयो।

भेटघाटका क्रममा चिनियाँ पक्षबाट उपप्रधानमन्त्री काउली सहित अन्य मन्त्रीहरु सहभागी थिए भने नेपालको तर्फबाट प्रधानमन्त्री दाहाल सँगै परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल, परराष्ट्र सचिव लगायत आठ जना सहभागि थिए।

जानकारी तथा लेखहरु