फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोआउ एशिया मञ्चलाई राष्ट्राध्यक्ष सीको शुभकामना सन्देश

(GMT+08:00) 2017-03-25 11:23:01

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन2017को उद्धाटन समारोहलाई बधाई सन्देश पठाउनुभएको छ।

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले पोआउ एशिया मञ्च सोह्र वर्षदेखि चलेयता, एशिया आधारित विश्व उन्मुख भएर एशियाको मतैक्यलाई प्राप्त गराइँदै एशियामा सहयोगलाई अघि बढाइँदै आएको औंल्याउनुभएको छ। साथै उहाँले सो मञ्च एशियाको प्रभावलाई उकास्ने महत्वपूर्ण भूमिका पनि निर्वाह गर्दै आएको प्रकाश पार्नुभएको छ।

विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारलाई मुख्य विषयसूची स्वरुप राखिएको चालू वर्षको पोआउ एशिया मञ्चको वार्षिक सम्मेलनमा अन्तर्राष्ट्रिय समाज विशेष गरी एशियाली मुलुकले आर्थिक विश्वव्यापीकरणमा राखेको ध्यानलाई देखाइएको कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ। सम्मेलनमा सहभागी अतिथिहरुले विश्व लगायत क्षेत्रीय आर्थिक क्षेत्रमा देखा परेका टड्कारा समस्याहरुको समाधान गर्न बुद्धि तथा योगदान प्रदान गर्दै अझ जीवन्त, सहनशील तथा दिगो हुने आर्थिक विश्वव्यापीकरण प्रक्रियालाई अघि बढाउने आशा पनि व्यक्त गरिएको छ।

जानकारी तथा लेखहरु