फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालका राष्ट्रपति र चीनका प्रतिरक्षा मन्त्रीबीच भेटघाट

(GMT+08:00) 2017-03-25 14:39:14

नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय समय मार्च महिनाको 24 तारिख दिउँसो काठमाडौंमा नेपालको भ्रमणमा रहनुभएका चीनको राज्य परिषदका सदस्य एवम् चीनका प्रतिरक्षा मन्त्री छाङ वान छ्वानसँग भेटघाट गर्नुभएको छ।

भण्डारीले नेपालले "एक चीन"को नीतिलाई अबिच्छिन्न रुपमा कायम राखेको, चीनको आर्थिक तथा सामाजिक विकासले प्राप्त गरेको ठूलो उपलब्धिको उच्च प्रशंसा गरेको कुरा बताउनुका साथै नेपालले चीनसँग दुई मुलुकको मैत्रीपूर्ण सम्बन्धलाई सबल पार्ने, "एक पेटी एक मार्ग"प्रारुपमा विभिन्न क्षेत्रको सहयोगलाई सबल पार्ने, दुई मुलुकका जनतालाई अझै धेरै फाइदा पुर्‍याउने आशा लिएको कुरा बताउनुभयो।

प्रत्युत्तरमा छाङले चीन र नेपालको स्वस्थ र स्थिर सम्बन्धको विकास दुई मुलुकका जनताको साझा हितसित अनुकूल हुनुका साथै क्षेत्रीय शान्ति तथा स्थिरताका लागि हितकर भएको कुरा बताउनुभयो। नेपालले चीनको केन्द्रीय हितसम्बन्धी समस्याहरूमा चीनलाई समर्थन दिएकोमा चीनले धन्यवाद दिएको कुरा छाङले पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु