फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ रक्षामन्त्रीद्वारा नेपालका गृहमन्त्री र प्रधानसेनापतिसँग भेटवार्ता

(GMT+08:00) 2017-03-25 14:47:57

नेपाल भ्रमणमा रहेका चीनका रक्षामन्त्री जनरल छाङ् वान छ्वानले अरनिको राजमार्ग पुनर्निर्माण कार्यलाई चीन सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ। उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शुक्रबार भएको भेटमा उहाँले तातोपानी नाका खुलाउन आफू स्वदेश फर्केपछि पहल गर्ने बताउनुभयो।

छाङ्ले तातोपानी नाका खुलाउन बेइजिङ पुगेपछि थप कुराकानी गर्ने बताउनुभयो। 2072 वैशाख 12 गतेको भूकम्पले तातोपानी नाकामा ठूलो क्षति पुर्‍याएपछि उक्त नाका बन्द गरिएको थियो। नेपालले पटकपटक प्रयास गर्दा पनि चीनले तातोपानी नाका खोल्न मानेको छैन।गृहमन्त्रीसँगको भेटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सञ्चार प्रणाली आधुनिकीकरण गर्ने, गृह मन्त्रालयका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिका लागि तालिम उपलब्ध गराउने विषयमा छलफल भएको गृहमन्त्रीका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिनुभयो।

यसैगरी चिनियाँ रक्षामन्त्री छाङ्सँग शुक्रबार नै नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले भेट गर्नुभयो। जंगीअड्डामा भएको भेटमा द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो।त्यसअघि छाङ्ले टुँडिखेल स्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गर्नुभयो। जंगीअड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो।

1 2 3 4 5 6
जानकारी तथा लेखहरु