फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आणविक हतियारको निषेध सम्बन्धी संयुक्त राष्ट्र संघको वार्तामा उत्तर कोरिया नजाने

(GMT+08:00) 2017-03-25 15:39:58

उत्तर कोरियाको विदेश मन्त्रालयका प्रवक्ताले मार्च 24 तारिख उत्तर कोरियाले आणविक हतियार निषेध सन्धि वार्ताको सम्बन्धमा संयुक्त राष्ट्र संघद्वारा आयोजना गरिने सम्मेलनमा सहभागी नहुने निर्णय गरेको कुरा बताएका छन्।

ती प्रवक्ताले उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीका पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफ दिँदै अमेरिकाले चालू वर्षमा रणनैतिक हतियारलाई कोरियाली प्रायद्विपमा भित्र्याएको र संयुक्त सैन्य अभ्यास गरेका कारण उत्तर कोरियाले आणविक हतियारलाई मुख्य शक्तिको रुपमा रहेको आत्मरक्षाको शक्तिलाई सबल पार्नुपर्ने भएकाले उक्त सम्मेलनमा सहभागी नहुने निर्णय गरेको कुरा बताए।

जानकारी तथा लेखहरु