फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिरिया समस्यासम्बन्धी नयाँ चरणको शान्ति वार्तामा केही सकारात्मक संभावना देखिएपनि मतभेद भने कायमै रहेको चिनियाँ विशेष दूतको भनाई

(GMT+08:00) 2017-03-25 15:43:18

संयुक्त राष्ट्र संघको मध्यस्थतामा जारी सिरिया समस्यासम्बन्धी नयाँ चरणको शान्ति वार्ता मार्च महिनाको 24 तारिख जेनेभामा ‌औपचारिक चरणमा प्रवेश भएको छ। सिरिया समस्यासम्बन्धी चीन सरकारका विशेष दूत स्ये स्याउ यानले सोही दिन सिरिया समस्यासम्बन्धी नयाँ चरणको शान्ति वार्तामा केही सकारात्मक कारक-तत्व देखिएको तर दुई पक्षको मतभेद यथावत् रहेको कुरा बताउनुभएको छ।

सोही दिन सिरिया समस्यासम्बन्धी संयुक्त राष्ट्र संघका महासचिवका विशेष दूत स्टेफेन दि मिस्टुराले जेनेभास्थित प्यालेस अफ नेशन्समा सिरिया सरकार र विपक्षी समूहका प्रतिनिधिहरूसँग बेग्ला-बेग्लै रुपमा भेटवार्ता गर्नुभएको छ। यो सिरिया सरकार र विपक्षी समूहका प्रतिनिधिहरूले जेनेभामा आयोजना गरेको पाँचौं चरणको शान्ति वार्ता हो।

प्रवक्ता स्येले चिनियाँ सञ्चार-माध्यमसँग अन्तर्वार्ता दिँदै पाँचौं चरणको शान्ति वार्ताका सकारात्मक कारक-तत्व छन्, राजनीतिक विपक्षी समूह र सशस्त्र विपक्षी समूहले यस पल्टको वार्तामा भाग लिएका र यसबाट विभिन्न पक्षले राजनीतिक उपायमार्फत सिरिया समस्याको समाधान गर्ने आशा लिएको कुरा प्रतिविम्वित भएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु