फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पोआउ मञ्चको उद्धाटन समारोहमा चिनियाँ उप प्रधानमन्त्री चाङ काउलीको सम्बोधन

(GMT+08:00) 2017-03-25 16:31:04

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनैतिक आयोगका स्थायी सदस्य एवम् चीनका उप प्रधानमन्त्री चाङ काउलीले पच्चीस तारिख हाइनान प्रान्तीय पोआउमा आयोजित पोआउ एशिया मञ्चको वार्षिक सम्मेलन2017को उद्धाटन समारोहमा भाग लिनुभई 'आर्थिक विश्वव्यापीकरणलाई अघि बढाऔं एशिया लगायत विश्वको उज्ज्वल भविष्यको संयुक्त सिर्जना गरौं' विषयक सम्बोधन दिनुभएको छ। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत विश्वका पचास वटा मुलुक तथा क्षेत्रबाट आएका लगभग एक हजार सात सय जना राजनैतिक, औद्योगिक तथा वणिज्य क्षेत्रका प्रतिनिधिहरु एवम् बौद्धिक समूह र विद्बानहरुले पनि सो उद्धाटन समारोहमा सहभागी भएका छन्।

सम्बोधनमा उप प्रधानमन्त्री चाङले एशियाली मुलुकहरुले आर्थिक विश्वव्यापीकरणमा सक्रियताका साथ भाग लिएर टड्कारो विकास प्राप्त गर्दै एशियाको आश्चर्य सिर्जना गर्न आह्वान गर्नुभएको छ। साथै एशियाली मुलुकहरुले विश्वको मूल परिस्थिति बुझेर एशियामा हासिल अनुभवको निचोड गर्दै एशियाको बुद्धिकतालाई फैलाउनुपर्छ र आर्थिक विश्वव्यापीकरण तथा स्वतन्त्र व्यापारलाई अघि बढाएर एशिया लगायत मानवजातिको भाग्यको साझा समुदाय स्थापना गर्न कोशिश गर्ने आह्वान पनि गरिएको छ।

आउने मे महिनामा चीनको पैचिङमा एक पेटी एक मार्ग अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको आयोजना हुने भएको छ। सो अवधिमा आपसी सहयोगको फ्ल्याटफर्म स्थापना गर्दै सहयोगको उपलब्धि बाँडेर एक पेटी एक मार्ग निर्माणबाट विश्वका विभिन्न मुलुकका जनताले लाभ पाउने प्रयास गर्ने कुरामा पनि उप प्रधान मन्त्री चाङले जोड दिनुभएको छ।

उक्त उद्धाटन समारोहमा मडागास्करका राष्ट्रपति, संघीय माइक्रोनेशियाका राष्ट्रपति, नेपालका प्रधान मन्त्री पुष्पकमल दाहाल, अफगानी माथिल्लो सदनका अध्यक्ष एवम् म्यामारका उप राष्ट्रपतिले पनि सम्बोधन दिनुभएको छ।

जानकारी तथा लेखहरु