फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको सुख्खा बन्दरगाह निर्माण सुरु

(GMT+08:00) 2017-03-26 18:43:46

नेपाल सरकारले काठमाडौंको चोभारस्थित हिमाल सिमेन्टको जग्गामा अन्तर्राष्ट्रिय स्तरको सुक्खा बन्दरगाह बनाउने काम सुरु गरेको छ। बाह्य मुलुकबाट आयात र नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिनका लागि तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौं सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया अघि बढाइएको हो ।

वाणिज्यमन्त्री रोमी गौचन थकालीले सुक्खा बन्दरगाह निर्माण गर्न सर्भे तथा डिजाइनको कामसँगै गुरुयोजना बनाउने काम भइरहेको जानकारी दिनुभयो। सन् 2010 देखि नै सुक्खा बन्दरगाह बनाउने प्रयास सुरु भए पनि अहिले भने परामर्शदाता फुलब्राइटले प्रारम्भिक डिजाइन तयार गरिसकेको छ । वाणिज्य मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल ट्रान्सपोर्ट विकास बोर्डले हिमाल सिमेन्टको जग्गामा सुक्खा बन्दगाह निर्माण गर्नेछ।

जुनको अन्तिमसम्ममा विस्तृत अध्ययन–प्रतिवेदन तयार पारेर 2017 भित्रै निर्माण सुरु गरी 2019 को डिसेम्बरसम्ममा निर्माण सम्पन्न गर्न लागिएको बोर्डका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले जानकारी दिनुभयो।

विश्व बैंकको डेढ अर्ब ऋण सहयोगमा भन्सार, वायर सर्भिसलगायतका अन्य सुविधासहित चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधियुक्त बन्दरगाह निर्माणको प्रस्ताव गरिएको छ ।

कोलकाता, विशाखापट्टनम र रसुवा नाकाबाट सामान बोकेर आउने कन्टेनर यहीँबाट चेकजाँचपछि अन्य क्षेत्रमा सामान लगिनेछ। हाल विभिन्न भन्सार नाकामा भन्सार पास गरी सामान आयात गरिँदै आएको कारोबार अनलाईनले लेखेको छ।

जानकारी तथा लेखहरु