फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हावाबाट विजुली निकाल्ने काम हुँदै

(GMT+08:00) 2017-03-26 18:44:37

पर्वत जिल्लाको फलामखानीमा हावाबाट बिजुली निकाल्ने तयारी भएको छ । जैविक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गतको एसियाली विकास बैंकको सहयोगमा हावाको चापबाट बिजुली निकाल्ने प्रारम्भिक चरण सुरु भएको हो । प्रारम्भिक चरणमा स्थलगत अध्ययन र स्थानीयवासीसँग छलफल भएको जैविक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य वायुविज्ञ खिमराज भण्डारीले जानकारी दिनुभयो। भण्डारीका अनुसार अन्तर्राष्ट्रिय वैज्ञानिक संस्था नासाको रेकर्डमा उक्त स्थानमा हावाबाट विद्युत् निकाल्न सकिने रेकर्ड देखिएकाले उक्त स्थानलाई सम्भावित क्षेत्रको रूपमा लिइएको भण्डारीले बताउनुभयो।

पहिलो चरणअन्तर्गत उक्त स्थानमा हावाको चाप नाप्ने उइनको मेट्रोलोजिक टावर राखिने छ । झण्डै 35 लाखको लागतमा एसियाली विकास बैंकले उक्त टावर व्यवस्थापनको खर्च नेपाल सरकारलाई उपलब्ध गराउने भण्डारीले बताउनुभयो। टावरले 1 देखि 2 वर्षभित्रमा हावाको चापको क्षमता र सम्भावित विद्युत् उत्पादनको रेकर्ड देखाउने छ । सोही रेडर्कका आधारमा विद्युत् उत्पादन गर्ने गरी आयोजना सुरु हुनेछ।

यसअघि पनि विद्युत् उत्पादन कार्य भए पनि संरक्षण र मर्मत अभावमा बन्द भएको थियो । 2063 सालमा सुरु भएको उक्त योजना हाल पूर्ण बन्द छ। झण्डै 2 हजार 2 सय मिटरको उचाइमा रहेको फलामखानीको डाँडाबाट विद्युत् उत्पादनको प्रचुर सम्भावना भए पनि राज्यले यसअघि चासो देखाएको थिएन ।

जानकारी तथा लेखहरु