फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकामा हुने नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको तयारी

(GMT+08:00) 2017-03-26 18:45:31

अमेरिकाको राजधानी वासिङ्गटन डिसी महानगर क्षेत्रमा नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । आगामी मे 5 देखि सुरु हुने महोत्सव 3 दिनसम्म चल्नेछ। आयोजक समिति उत्सवको तयारीमा अहोरात्र खटिइरहेका छन् भने यस भेकका सबै नेपाली समुदायलाई आयोजकले सहयोग गर्न आव्हान गरेका छन्।

नेपाल अमेरिका फिल्म सोसाइटीका अध्यक्ष एवं महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो। तयारी भव्यताका साथ चलिरहेको र आयोजकले कुनै कसर नछोड्ने प्रतिबद्धता जाहेर गरेका छन्।महोत्सव नेपाली डायस्पोरा समुदायको चलचित्र संस्कृति सम्बन्धी साझा मञ्चको रुपमा स्थापित गराउने लक्ष्यले महोत्सव आयोजना गर्न लागिएको बराइलीले बताउनुभयो।नेपाल र अमेरिकाको कला, संस्कृति र ज्ञानलाई चलचित्रको माध्यमबाट जोड्ने लक्ष्यका साथ स्थापित नेपाल अमेरिका फिल्म सोसाइटीले अमेरिकामा पहिलो पटक यस्तो महोत्सव आयोजना गर्न लागेकोले आयोजक उत्साहित छन्।

जानकारी तथा लेखहरु