फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र भारतले विश्वव्यापीकरणबाट दीर्घकालीन फाइदा लिनसक्ने भारतीय उद्योग तथा वाणिज्य महासंघका महासचिवको आशा

(GMT+08:00) 2017-03-26 19:14:12

भारतीय उद्योग तथा वाणिज्य महासंघका महासचिव डा. अल्वीन दिदार सिँहले मार्च 25 तारिख विकासोन्मुख आर्थिक समूहको रुपमा चीन र भारतले विश्वव्यापीकरणबाट फाइदा लिइसकेको बताउँदै यी दुई मुलुकले दीर्घकालीन रुपमा हित प्राप्त गर्नसक्ने आशा लिएको बताउनुभएको छ। उहाँले चीनको हाईनानमा आयोजित पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017मा सहभागी हुँदा चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका पत्रकारसँग विशेष अन्तर्वार्ता दिँदै उक्त कुरा बताउनुभएको हो।

चीन र भारत ब्रिक्स मुलुकका महत्वपूर्ण सदस्य हुन्। सन् 2016 ब्रिक्स मुलुकका नेताहरूको आठौं शिखर सम्मेलन भारतको गोआमा आयोजना भएको थियो। चालू वर्षको सेप्टेम्बर महिनामा ब्रिक्स मुलुकका नेताहरूको नवौं शिखर सम्मेलन चीनको स्या मन शहरमा आयोजना हुने भएको छ। डा.अल्वीनले ब्रिक्स मुलुकका नेताहरूका दुई पटक शिखर सम्मेलन चीन र भारतका लागि निकै महत्वपूर्ण हो भन्दै ब्रिक्स मुलुकको सहयोग परिपटीमा ब्रिक्स मुलुक साझा विकास हुनसक्ने आशा व्यक्त गर्नुभयो।

डा.अल्वीन लगातार पाँच वर्षसम्म पो आउ एशिया मञ्चमा सहभागी हुनुभएको छ। उहाँले पो आउ एशिया मञ्चले एशियाको विभिन्न मुलुकलाई मात्र नभई विश्वका धेरै मुलुकहरूलाई आदान-प्रदानको चौतारो उपलब्ध गराएको कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु