फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण चिनियाँ सागरका तटवर्ती मुलुकहरूले सम्बन्धित सहयोग प्रणालीको परिचालन गर्नुपर्ने चीनका उप परराष्ट्र मन्त्रीको भनाई

(GMT+08:00) 2017-03-26 19:15:19

चीनका उप परराष्ट्र मन्त्री लिउ चन मिनले 25 तारिख हाई नान प्रान्तीय पो आउमा दक्षिण चिनियाँ सागरका तटवर्ती मुलुकहरूले विश्वका अरु क्षेत्रको सफल अनुभवलाई सक्रियताका साथ सिकेर सम्बन्धित सहयोग प्रणालीको परिचालन र स्थापना गर्नुपर्ने, आ-आफ्नो अडानलाई बाधा नपुर्‍याउने पूर्वाधारमा पारस्परिक विश्वासलाई बढाउन, सहयोग सबल पार्न र हित बाँड्नका लागि एक प्रभावकारी चौतारो खडा गर्नुपर्ने कुरा बताउनुभएको छ।

लिउले पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017अन्तर्गत दक्षिण चिनियाँ सागर शाखा मञ्चको उदघाटन समारोहमा उपस्थित हुँदै उक्त कुरा बताउनुभएको हो।

उहाँले गत वर्षदेखि चीन र आशियानका मुलुकहरूको साझा प्रयासमा दक्षिण चिनियाँ सागरको परिस्थितिले समष्टिगत स्थिरतालाई कायम राखेको, र सक्रियताका साथ विकास हुने प्रवृत्ति देखाएको कुरा बताउनुभयो। दक्षिण चिनियाँ सागर क्षेत्रको शान्ति तथा स्थिरता र समृद्धि तथा विकास तटवर्ती मुलुकहरूको साझा इच्छा र साझा दायित्व हो भन्दै तटवर्ती मुलुकहरूको साझा हितसित अनुकूल भएको कुरामा लिउले जोड दिनुभयो।

जानकारी तथा लेखहरु