फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङ्गकङ्गका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिद्वारा क्यारी लाम पाँचौं प्रमुख प्रशासक निर्वाचित भएकोबारे जानकारी

(GMT+08:00) 2017-03-26 19:16:54

हङ्गकङ्गका लागि चिनियाँ केन्द्रीय सरकारको सम्पर्क कार्यालयका जिम्मेवार व्यक्तिले मार्च महिनाको 26 तारिख क्यारी लाम छङ युएत्गोर हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रका पाँचौं प्रमुख प्रशासकको निर्वाचनमा निर्वाचित भएको जानकारी दिएका छन्।

ती जिम्मेवार व्यक्तिकाअनुसार, प्रमुख प्रशासकको निर्वाचन हङ्गकङ्गको आधारभूत ऐन, चिनियाँ राष्ट्रिय जनकाँग्रेसको स्थायी समितिको सम्बन्धित निर्णय, हङ्गकङ्ग विशेष प्रशासनिक क्षेत्रको सम्बन्धित कानूनअनुसार गरिएको छ। यस पटकको निर्वाचनले खुला, निष्पक्ष, न्यायिक सिद्धान्त देखाएको छ र निर्वाचन सुचारु रुपमा सम्पन्न भएको छ।

ती जिम्मेवार व्यक्तिले क्यारी लाम निर्वाचित भएकामा शुभकामना दिएका छन्।

जानकारी तथा लेखहरु