फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका प्रधानमन्त्री लीद्वारा न्यूजिल्याण्डको भ्रमण शुरु

(GMT+08:00) 2017-03-26 19:18:22

न्यूजिल्याण्डका प्रधानमन्त्री बिल इङ्गलिशको निमन्त्रणामा चीनका प्रधानमन्त्री ली खछ्याङले न्यूजिल्याण्ड पुगेर त्यहाँको औपचारिक भ्रमण शुरु गर्नुभएको छ। उहाँको साथमा श्रीमती छन हुङ्ग पनि हुनुहुन्छ।

न्यूजिल्याण्डका प्रधानमन्त्री, न्यूजिल्याण्डको लागि चिनियाँ राजदूत वाङ लुथुङले विमानस्थलमा प्रधानमन्त्री लीको स्वागत गर्नुभयो।

भ्रमणताका प्रधानमन्त्री लीले न्यूजिल्याण्डका प्रधानमन्त्रीसँग पटक पटक भेट-वार्ता गर्नुहुने छ।

प्रधानमन्त्री ली अस्ट्रेलियाको भ्रमण पुरा गरी न्यूजिल्याण्ड जानुभएको हो।

जानकारी तथा लेखहरु