फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पो आउ एशिया मञ्चद्वारा आर्थिक विश्वव्यापीकरणको अभिबृद्धिसम्बन्धी घोषणा-पत्र सार्वजनिक

(GMT+08:00) 2017-03-27 16:56:08
पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017ले मार्च 26 तारिख आर्थिक विश्वव्यापीकरणको अभिबृद्धिसम्बन्धी घोषणा-पत्र सार्वजनिक गरेको छ। सो घोषणा-पत्रले विश्वको विभिन्न मुलुकका सरकार र विश्वको उद्योग-व्यवसायसँग बजारको खुलापन, समावेशी बृद्धि र आर्थिक सहयोगलाई अगाडि बढाउन, अर्थतन्त्रको साझा समृद्धि र निरन्तर बृद्धिको प्रत्याभूति गर्न आव्हान गरेको छ।

उक्त घोषणा-पत्रअनुसार, आर्थिक विश्वव्यापीकरण विज्ञान तथा प्रविधिको प्रगतिको नतिजा हो। विभिन्न मुलुकले आर्थिक विश्वव्यापीकरणलाई सकारात्मक शक्तिको रुपमा बनाउनुपर्ने र विभिन्न मुलुकले व्यापारिक संरक्षणवादको संयुक्त रुपमा विरोध गर्नुपर्ने भनिएको छ। डब्लूटिओ र एपेकआदि अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थानहरूले अझै खुला, समावेशी, निष्पक्ष र उचित द्विपक्षीय र बहुपक्षीय व्यापार प्रणालीको स्थापना गर्ने छलफल गर्नुपर्ने तथा अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंकआदि बहुपक्षीय अन्तर्राष्ट्रिय बैकिङ संस्थानहरूले आफूलार्इ सुधार्नुका साथै बैकिङ अनुगमन तथा व्यवस्थापनलाई बढाउनुपर्ने पनि भनिएको छ। साथै आर्थिक विश्वव्यापीकरणको सन्तुलित विकासलाई अगाडि बढाउनका लागि विभिन्न अन्तर्राष्ट्रिय संस्थान, जी बीस, एपेक, सम्बन्धित मुलुकका सरकार, विभिन्न सम्बन्धित निजी संस्थाले खुला बहुपक्षीय सहयोग प्रणालीको स्थापना गर्नुपर्ने पनि जनाइएको छ।

जानकारी तथा लेखहरु