फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व बैंकद्वारा चीनको बैकिङ सुधारले आर्थिक बृद्धिको गुणस्तरलाई उकासेकोमा प्रशंसा

(GMT+08:00) 2017-03-27 16:56:47

विश्व बैंकका प्रथम कार्यकारी अधिकृत क्रिस्टलिना ज्योरजिभाले हाल चीनले शक्तिशाली र स्वस्थ बैकिङ प्रणालीको निर्माण गर्न सक्दो प्रयास गर्दैआएको उल्लेख गर्दै यो चीनको अर्थतन्त्र उच्च गुणस्तरमा बृद्धि गर्नका लागि हितकर हुने बताउनुभएको छ।

ज्योरजिभाले रोएटर्सलार्इ अन्तर्वार्ता दिँदै चीनको बैकिङ प्रणालीमा भएको सुधारको प्रशंसा गर्नुभएको थियो। साथै उहाँले चीन सरकारले कर प्रणालीको सुधारलाई अगाडि बढाएकोमा पनि प्रशंसा गर्नुभयो।

साथै उहाँले चीनले बजारलाई क्रमशःखुलापन गर्दैआइरहेको तथा चिनियाँ नेताहरूको दृढ प्रतिबद्धताले बाह्य खुलापन प्रक्रिया निरन्तर रुपमा जारी रहने अनुमान गरेको भन्दै यसबाट चीनलार्इ अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वस्थ रुपमा संलग्न हुन फाइदा पुग्ने बताउनुभयो।

जानकारी तथा लेखहरु