फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ टिभीले नेपाली पर्यटकीय डकुमेन्ट्री निःशुल्क देखाउने

(GMT+08:00) 2017-03-27 17:02:44

नेपाल सरकारले विदेशी टेलिभिजनहरुमा नेपाली पर्यनटबारेको वृत्तचित्र प्रशारण सुरु गर्ने भएको छ। यसका लागि पहल थालेको सरकारले पहिलो चरणमा चीनका टेलिभिजनबाट नेपाली पर्यटकीय क्षेत्रको बारेमा डकुमेन्ट्री तयार गरेर प्रशारण गर्दैछ।

चीनको सछ्वान प्रान्तमा मूख्य कार्यालय रहेको छियान टेलिभिजनले नेपालका सम्पदा तथा पर्यटकिय स्थलहरुबारेको डकुमेन्ट्री निशुल्क प्रसारण गर्ने भएको छ। यसका लागि नेपालकातर्फबाट कुनै खर्च गर्नुनपरेको पनि अनलाइनखबरले लेखेको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकर शर्माकाअनुसार नेपाल टेलिभिजन र छियान टेलिभिजनबीच यस्तो सम्झौता भएको छ। नेपाल टेलिभिजनले निशुल्क उपलब्ध गराएको डकुमेन्ट्री छियान टेलिभिजनले निःशुल्क प्रशारण गर्नेछ। साथै छियानले नेपालका बिभिन्न पर्यटकीय स्थलहरुको आफैंले पनि दृश्य खिचेर प्रसारण गर्ने भएको छ।

चीनबाट नेपाल आउने पर्यटकमा वृद्धि गर्नको लागि मन्त्रालयले यसखालको पहल गरेको हो। नेपाल आउने पर्यटकमा चिनियाँ पर्यटकको हिस्सा ठूलो रहेको छ।

जानकारी तथा लेखहरु