फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ उप्रधानमन्त्री वाङ याङ र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेट

(GMT+08:00) 2017-03-27 18:54:47

प्रधानमन्त्री पुष्पकमल दाहालले आज सोमबार चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङसँग भेट गर्दैछन्। चीनको पैचिङस्थित ग्रेट हल अफ दि पिपुलमा हुने भेटमा आपसी हितका बारेमा छलफल हुने बताइएको छ।

हिजो आइतबार पैचिङमा चिनियाँ कम्युनिस्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख एवं मन्त्री सोङ थाओ र बेलुका उपप्रधानमन्त्री वाङ याङसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री प्रचण्डले आइतबार बेलुकी चिनियाँ उप्रधानमन्त्री वाङ याङसँग भेटवार्ता गर्नुभएको थियो। चिनियाँ उपप्रधानमन्त्रीसँगको भेटमा एक पाटो एक बाटो (वान बेल्ट वान रोड)मा छिट्टै सम्झौता गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। साथै नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने तथा तातोपानी नाका खोल्नेदेखि विगतका सन्धी सम्झौताहरु कार्यान्वयन गर्ने विषयहरुमा कुराकानी भएको थियो।

त्यसै गरी प्रधानमन्त्री प्रचण्डले आइतबार दिउँसो चिनियाँ कम्युनिष्ट पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुखसँग कुराकानी गरेका थिए। त्यसक्रममा दुई देशका कम्युनिष्ट पार्टीका वीचको आपसी सहकार्यका बारेमा कुराकानी भएको थियो। अन्तरराष्ट्रिय विभागका प्रमुखसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले बेजिङ फरेन ल्याङ्ग्वेज स्टडिज यूनिभर्सिटीमा सम्बोधन गरेका थिए।

जानकारी तथा लेखहरु