फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तासँग सोमबार बेइजिङमा गरे अन्तरक्रिया

(GMT+08:00) 2017-03-27 18:56:21

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनियाँ लगानीकर्ता व्यवसायीहरुसँग सोमबार बेइजिङमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ लगानीकर्ताहरुलाई ढुक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ। चिनियाँ लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेको प्रष्टयाउँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई जलविद्युत, पर्यटन, कृषि पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान पनि गर्नुभयो।

नेपाल लगानीका लागि उर्वर भूमि रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले दक्षिण एशियाको बजारमा प्रवेश गर्न चिनियाँ लगानीकर्तालाई नेपाल सहज र सजिलो पहुँच हुने बताउनुभयो। नेपालमा पोखरा, भैरहवा र निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको स्मरण गराउँदै प्रधानमन्त्री प्रचण्डले चिनियाँ लगानीकर्तालाई ढुक्कसँग लगानी गर्न आह्वान गर्नुभएको छ।

राजनीतिक परिवर्तनपछि आर्थिक सुधारको मार्गमा अघि बढिरहेको नेपाललाई भौतिक पूर्वाधार र आधुनिक प्रविधिको खाँचो रहेको औल्याउँदै प्रधानमन्त्री प्रचण्डले व्यापार,व्यवसाय र लगानीलाई नेपालले प्राथमिकतामा राखेको बताउनुभयो।

प्रधानमन्त्री प्रचण्डले नेपालमा चीनको लगानी बढिरहेको तथा प्रत्यक्ष वैदेशिक लगानीका हिसाबमा चीन नेपालको ठूलो स्रोत र व्यापारका हिसाबमा दोस्रो साझेदार भएको र विकासको दिशामा अघि बढिरहेकाले नेपाललाई चीनको सहयोग अपरिहार्य रहेको पनि बताउनुभयो।

जानकारी तथा लेखहरु