फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्ग र नेपालका प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

(GMT+08:00) 2017-03-28 08:50:56

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले मार्च 27 तारिख जन वृहत्त सभा भवनमा नेपालका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चीन र नेपालको मैत्रीपूर्ण सहयोग दुई मुलुक र दुई मुलुकका जनताको मूलभूत हितसित अनुकूल भएको बताउँदै हाल चीन र नेपालको सम्बन्ध गहिरो रुपमा विकास भएको औंल्याउनुभयो। दुई मुलुकले अन्तरसन्जाल तथा अन्तरकार्य, प्रकोपपछिको पुनःनिर्माण, आधारभूत प्रबन्ध, जन स्तरको आदान-प्रदानआदि क्षेत्रहरूको सहयोगलाई स्थिरताका साथ अगाडि बढेको बताउनुभयो। सीले दुई पक्षले चीन र नेपालको सम्बन्धको विकासको सकारात्मक प्रवृत्तिको संरक्षण गर्न, चीन र नेपालको मैत्रीपूर्ण सहयोगको नयाँ अध्याय उघार्न प्रयास गर्नुपर्ने पनि बताउनुभयो।

यसका साथै सीले चीन र नेपालले "एक पेटी एक मार्ग"लाई सुअवसरको रुपमा लिएर अन्तरसन्जाल तथा अन्तरकार्य, स्वतन्त्र व्यापार, कृषि, ऊर्जा स्रोत, प्रकोपपछिको पुनःनिर्माणआदि क्षेत्रहरुको सहयोगलाई अगाडि बढाउने, पर्यटन, सँस्कृति, युवा, सञ्चार-माध्यमआदि क्षेत्रहरूको सहयोग तथा आदानप्रदानलाई सबल पार्नुपर्ने पनि बताउनुभयो। चीनले नेपालसँग संयुक्त राष्ट्र संघआदि बहुपक्षीय संस्थानहरूभित्रको सहयोगलाई बढाउने, जलवायु परिवर्तन, दिगो विकासआदि समस्याहरूका अडानलाई समन्वय गर्ने, साझा हितको संरक्षण गर्ने आशा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले चीनले लामो समयदेखि नेपाललाई दिँदैआएको समर्थन र विशेषत नेपालको प्रकोपपछिको पुनःनिर्माणका लागि उपलब्ध गराएको सहयोगप्रति नेपालले कृतज्ञता ज्ञापन गरेको बताउनुभयो। नेपालले "एक पेटी एक मार्ग" प्रस्तावको समर्थन गरेको, चीनसँग व्यापार तथा लगानी, यातायात, आधारभूत प्रबन्ध, पर्यटन, उड्डयनआदि क्षेत्रहरूको सहयोगलाई विस्तार गर्ने आशा लिएको पनि प्रचण्डले बताउनुभयो।

जानकारी तथा लेखहरु