फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

स्थानीयद्वारा १० दिनमै १४ किलोमिटर सडक निर्माण

(GMT+08:00) 2017-03-28 16:32:27

दसवर्षे सशस्त्र युद्धको पीडा बेहोरेका रुकुम खाराका जनताले आफैं रकम संकलन र श्रमदान गरेर गाउँमा सडक पुर्‍याएका छन्। प्रतिघर कम्तिमा १० हजारदेखि ८० हजार रुपैयाँसम्म उठाई १० दिन श्रमदान गरेर उनीहरूले रुकुमको त्रिवेणी गाउँपालिका ४ खुम्चेरीबाट पोखरी गाउँ जोड्ने झन्डै १४ किलोमिटर सडक खनेका हुन्।

पोखरीगाउँको माथिल्लो टोल र तल्लो टोलका लागि छुट्टाछुट्टै उपभोक्ता समिति गठन गरेर चैत सुरुबाट सडक खन्न थालेको र दस दिनमै निर्माण पूरा भएको अन्नपूर्णपोस्ट्ले लेखेको छ।

आफ्नो गाउँका लागि आफैं जुट्नुपर्छ भनेर प्रत्येक घरबाट पैसा उठाई श्रमदानसमेत गरेर सडक बनाइएको स्थानीयहरू बताउँछन्। आफ्नो घरसम्म सडक आउने भएपछि खुसी बनेका स्थानीय दलबहादुर खड्काले सबैभन्दा धेरै ८० हजार रुपैयाँ सहयोग गरेका थिए।

खुम्चेरीको लाँकुरीडाँडासम्म पुगेको सडकलाई गाउँलेले पल्लोगाउँ कुरलसँग जोडेर अगाडि बढाउने योजना बनाएका छन्।

जानकारी तथा लेखहरु