फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिब्बतमा 58औँ मुक्ति दिवस मनाइयो

(GMT+08:00) 2017-03-28 16:53:02

मार्च अठाइस तारिख तिब्बतका लाखौँलाख भूदास मुक्त भएको 58‌औँ वार्षिकोत्सवको उपलक्ष्यमा सत्ताइस तारिख बेलुकी तिब्बत स्वायत्त प्रदेशका नयाँ अध्यक्ष छिचालाले टेलिभिजनमार्फत सम्बोधन गर्दैपुराना दिनलार्इ सम्झनामा राखीविकासका लागि अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले चिसोमा बसेकालेमात्र घामको न्यानो बुझ्ने भएकाले सामन्ती दासत्वबाट मुक्त भएका लाखौँलाख भूदासलाई नयाँ तिब्बतको सुखमय जीवनबारे राम्रोसँग ज्ञात रहेको भन्दै यस जीवनलार्इ सम्पूर्ण तिब्बतीहरूलेएकदमै माया गर्ने गरेको पनि बताउनुभयो।

छिचालाले 58औँ वर्षयता तिब्बती जनताले धेरै कठिनाइ पार गरेर धेरै विकास गरेको जानकारी दिनुभयो। उहाँका अनुसार, सन् 2016मा तिब्बतको कूल उत्पादित मात्रा दश प्रतिशतले बृद्धि भएरकूल उत्पादित मात्राको आधारमाचीनको तेस्रो स्थानमा रहेको र साथै शहर तथा गाउँका बासिन्दाको प्रतिव्यक्ति आयको बृद्धि दर चीनको पहिलो स्थानमा रहेको छ। यसबाहेक गरिबी निवारणका लागि77 हजार गरिब जनतालाई नयाँ बसोबास क्षेत्रमा सारेको तथा एक लाख तीस हजार जना गरिबकोसटीकगरिबीनिवारण गरिएको छ।

छिचालाले विश्वलाई पुरानो तिब्बतको अँध्यारो इतिहास र नयाँ तिब्बतको ठूलो विकास देखाउन र तिब्बतका विभिन्न जातिका जनतालाई इतिहास सम्झाउनका लागि तिब्बतीले लाखौँलाख भूदास मुक्त भएको दिनलार्इ सम्झेर मुक्ति दिवस मनाएको पनि आफनो मन्तव्यमा व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु