फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानमा चीन-पाकिस्तान आर्थिक कोरिडोरको पहिलो आधिकारिक प्रबुद्ध मण्डल

(GMT+08:00) 2017-03-28 16:53:46

चीन पाकिस्तान आर्थिक कोरिडोर क्षमता निर्माण केन्द्रको स्थापना समारोह हिजो मार्च सत्ताईस तारिख पाकिस्तानको राजधानी इस्लामाबादमा आयोजना गरिएको छ। साथै यो पाकिस्तानमा चीन पाकिस्तान आर्थिक कोरिडोरको निर्माणमा ध्यान दिएर खोलिएको पहिलो अधिकारिक प्रबुद्ध मण्डल केन्द्र हो।

पाकिस्तान योजना विकास र सुधार विभागका प्रमुख एहसान इकबालले आफ्नो सम्बोधनमा चीन पाकिस्तान आर्थिक कोरिडोरले पाकिस्तानको भाग्य र भविष्य सम्बन्धित् रहनुका साथै पाकिस्तानको आर्थिक सामाजिक विकासमा मौका र जीवन्त शक्ति ल्याउनसक्ने बताउनुभयो।

पाकिस्तानका लागि चीनका राजदूत सुन वैई तुङ्गले चीन पाकिस्तान आर्थिक कोरिडोरले उर्जा श्रोतको अभावलाई घटाउने, अझ बढी रोजगार सिर्जना गर्ने तथा यसले विविध क्षेत्रमा अहम् भूमिका निर्वाह गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु