फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा राजनैतिक आदेशमा हस्ताक्षर

(GMT+08:00) 2017-03-28 16:54:32

ह्वाईट हाउसका प्रवक्ता शन स्पाइसरले हिजो मार्च सत्ताईस तारिख अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मार्च अठाईस तारिख एउटा राजनैतिक आदेशमा हस्ताक्षर गरेर बाराक ओबामा सरकारको अवधिमा लागू गरेका केही जलवायु नीतिलाई परिवर्तन गर्ने बताउनुभएको छ।

यस अघि नवनियुक्त अमेरिकी वातावरण संरक्षण विभागका प्रमुख स्कट प्रुइटले जानकारी दिँदै यस पटकको राजनैतिक आदेशले ओबामा सरकारले सन् 2015मा प्रस्तुत गरेको 'स्वच्छ ऊर्जा योजना' परिवर्तन हुने बताए। उक्त ओबामाको योजनामा जलवायु नीतिको विषय र अमेरिकी विजुली उत्पादन गृहबाट निस्काशन हुने हरित गृह ग्याँसलाई घटाउने लक्ष्य रहेको प्रमुख प्रुइटले बताउनुभयो।

जानकारी तथा लेखहरु