फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्समास्थानीय प्रहरीद्वारा प्रवासी चिनियाँलाई मारेपछि चीनको प्रतिक्रिया

(GMT+08:00) 2017-03-28 18:49:28

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छूनयिङले फ्रान्समा प्रवासी चिनियाँलाई आफ्नो निवासमा नै स्थानीय प्रहरीबाट गोली हानेर मारिएको घटनालार्इ चीनले निकै ध्यान दिएको र यस सम्बन्धमा चीनले फ्रान्ससँग छिटै जाँचबूझगरी व्यावहारिक कदम चाल्ने र फ्रान्सका प्रवासी चिनियाँको सुरक्षा तथा वैधानिक हितको संरक्षण गर्न फ्रान्सलाई आग्रह गरेको व्यक्त गर्नुभयो।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वा छून यिङले उक्त कुरा बताउनुभएको हो। जनाए अनुसार, मार्च छब्बीस तारिख राति प्रवासी चिनियाँकोपेरिसको घरमा स्थानीय सादा पोशाक लगाएका प्रहरीले गोली हानेर मारेको थियो त्यसलगत्तै फ्रान्समा रहेकाकेहीप्रवासी चिनियाँले प्रहरी स्टेशन गइ सो सम्बन्धी जाँचबूझ गर्न आग्रह गरेका थिए र क्रममा प्रहरीसँग भिडन्तपनिभएको थियो। प्रवक्ता ह्वाले चीनको परराष्ट्रमन्त्रालयले त्यस सम्बन्धमा उच्च ध्यान दिएको र आकस्मिक प्रणाली संचालन गरी फ्रान्ससँग छिटै कुराकानी गर्न फ्रान्सका लागि चिनियाँ राजदूतावासलाई निर्देशन दिएको व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु