फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दक्षिण चीन सागरसम्बन्धी द्विपक्षीय सल्लाह प्रणालीबारे चीन र फिलिपिन्सबीच छलफल हुने

(GMT+08:00) 2017-03-28 18:58:37
 

चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता ह्वा छून यिङले चीनले फिलिपिन्सको विदेशमन्त्रालयका सम्बन्धित पदाधिकारीलाई आगामी मेइ महिनामा दक्षिण चीन सागरसम्बन्धी चीन-फिलिपिन्स द्विपक्षीय सल्लाह प्रणालीको पहिलो सम्मेलनबारे छलफल गर्नचीनको भ्रमणका लागिनिमन्त्रणगर्ने बताउनुभएको छ। हाल दुवै पक्षले त्यसको लागि मैत्रीपूर्ण सरसल्लाह गरिरहेको व्यक्त गर्नुभएको छ।

आज पैचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता ह्वालेगत जनवरी महिनामा आयोजित चीन-फिलिपिन्स बीसौँ कुटनीतिक सल्लाह सम्मेलनमा दुवै पक्षले दक्षिण चीन सागरसम्बन्धी चीन-फिलिपिन्स सल्लाह प्रणालीको स्थापना गर्न स्वीकार गरेका थिए र हाल दुवै पक्षले त्यसको व्यावहारिक कार्यबारे मैत्रीपूर्ण सरसल्लाह गरिरहेको जानकारी दिनुभयो। आगामी चरणमा चीनले फिलिपिन्ससँग वार्ता बढाएर मतभेदको उचित रुपमा व्यवस्थापन तथा नियन्त्रण गरी समुद्री सहकार्य बढाइ दुई पक्षबीचका विभिन्न क्षेत्रको सहयोग तथा सम्बन्धको स्वस्थ तथा तिव्र विकासको लागि असल वातावरण सिर्जना गर्ने इच्छा लिएको पनि उहाँले व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु