फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अठार तालिबान सशस्त्रधारीद्वारा अफ्गानिस्तान सरकारसमक्ष आत्मसमर्पण

(GMT+08:00) 2017-03-28 19:02:44

अफ्गानिस्तानकोनान्गहार प्रान्तीय सरकारले सत्ताइस तारिख सार्वजनिक गरेको वक्तव्यका अनुसार, अठार जना तालिबान सशस्त्रधारीले हतियारसहित अफ्गानिस्तान सरकारसमक्ष आत्मसमर्पण गरेका छन्।

उक्त वक्तव्यका अनुसार, अफ्गानिस्तान राष्ट्रिय सुरक्षा ब्यूरोको प्रयासमा ती अठार जना तालिबान सशस्त्रधारीलेहिंसात्मक गतिबिधि त्याग गरी राष्ट्रिय एकीकृत शान्ति प्रकृयामा भाग लिने घोषणा गरेका छन्। सरकारले ती अठार जनालार्इआआफ्ना परिवारसँग भेट गराउने र उनीहरुलाई रोजगारीका लागि प्रयास गर्ने पनि उल्लेख गरिएको छ।

अफ्गानिस्तान सुरक्षा विभागका अधिकारीका अनुसार, सन् 2010यता दश हजारभन्दा बढी तालिबान सशस्त्रधारीले हतियार छोडेर शान्ति प्रकृयामा भाग लिइसकेका छन् तर तालिबान सशस्त्रशक्तिले त्यसको खण्डन गरेको छ।

जानकारी तथा लेखहरु