फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामुदायिक वनमा पर्यटकको आकर्षण

(GMT+08:00) 2017-03-29 15:32:12

समुदायलाई हस्तान्तरण गरेको तेस्रो वर्षमै नवालपरासीको एक सामुदायिक वनले पर्यटक भित्र्याएर वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्न थालेको छ। गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा आन्तरिक र विदेशी पर्यटकको आवागमन हुँदा आम्दानी बढेको र्इकान्तिपुरले लेखेको छ।

समुदायलाई हस्तान्तरण गरेकै वर्षदेखि वन समितिका पदाधिकारीले पर्यटक लक्षित कार्यक्रम सुरु गरेका थिए। वनमा चराचुरुंगी अवलोकन, जंगल घुम्ने, गाडामा चढ्ने, पैदलयात्रा गर्ने, हात्ती र जिप सफारीको व्यवस्था मिलाइएको छ। यसबाट पर्यटकको रोजाइमा यो सामुदायिक वन परेको हो। नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्ज छेउमा रहेको वनमा समितिले आकर्षक व्यवस्थापनका कारण पर्यटकहरू पटक–पटक आउने गरेका छन्।

वनका अध्यक्ष देवनारायण महतोका अनुसार निकुञ्ज नजिक रहेकाले चरा अवलोकन, सूर्यास्तको दृश्य, गाडा सयर, पैदल यात्रा, हात्ती र जिप सफारीका लागि यहाँ पर्यटकको चाप बढी छ। मनोरञ्जन र सेवाअनुसार पर्यटकसँग लिइने शुल्क पनि फरक–फरक रहेकोअध्यक्षले बताए।

चितवन निकुञ्जको झल्को दिन यो सामुदायिक वन सफल भएकाले पनि पर्यटकको आकर्षणमा परेको अध्यक्ष महतोले बताए। साथै सबै पर्यटकीय गतिविधिमा स्थानीयले प्रत्यक्ष रोजगारी पाएको पनि अध्यक्ष महतोले बताए।

जानकारी तथा लेखहरु