फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलद्वारा बेलायतको भ्रमण

(GMT+08:00) 2017-03-29 15:40:02
 

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका सदस्य एवम् राष्ट्रिय जन काँग्रेस मातहतको जातीय परिषद्का उपाध्यक्ष पदमा तासिनलको नेतृत्वमा रहेको राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलले गत पच्चीसदेखि अठाईस तारिखसम्म बेलायतको म्यान्चेस्टर र लण्डनको भ्रमण गरेको छ। भ्रमण अवधिमा प्रतिनिधि मण्डलले बेलायती संसद, विश्वविद्यालय,मिडिया लगायत समाजका विभिन्न पक्षसँग आदान-प्रदान गर्नुका साथै सम्पूर्ण रुपमा तिब्बतको आर्थिक र सामाजिक विकासको पछिल्लो अवस्थाबारे जानकारी पनि दिएका छन्।

म्यान्चेस्टरमा प्रतिनिधि मण्डलका सदस्यहरूले म्यान्चेस्टरशहरीय संसदका उप सभामुख सु मर्फीसँग भेट-वार्ता गरेका छन् भने लण्डनमा सदस्यहरूले बेलायती संसद अन्तर्गत कूटनीति परिषद्का अध्यक्ष क्रिस्फिन ब्लन्टसँग भेट-वार्ता गरेका छन्। यसबाहेक, प्रतिनिधि मण्डलले बेलायती मुख्य सञ्चार-माध्यम र थिङ्क-ट्याङ्कका प्रतिनिधिहरूसँग पनि वैचारिक आदान-प्रदान गरेका छन्।

यसका अतिरिक्त प्रतिनिधि मण्डलका सदस्यहरूले लण्डनमा रहेका तिब्बती देशबन्धुहरूसँग पनि भेटघाट गरेका छन्।

जानकारी तथा लेखहरु