फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

फ्रान्सका लागि चिनियाँ दूतावासद्वारा फ्रान्ससंग चिनियाँ जनताको सुरक्षाको संरक्षनको माग

(GMT+08:00) 2017-03-29 16:34:32

फ्रान्सको लागि चीनको दूतावासले मार्च अठाईस तारिख एक वक्तव्य जारी गर्दै चीनको परराष्ट्र मन्त्रालय र फ्रान्सका लागि चिनियाँ दूतावासले मार्च छब्बीस तारिख फ्रान्सेली प्रहरीले चिनियाँ नागरिकलार्इ मारेको घटनालार्इ उच्च ध्यान दिएको जनाउँदै यस विषयमा फ्रान्ससँग सम्बन्धित जानकारी लिई सँगसँगै कदम चाल्ने जनाएको छ। साथै फ्रान्समा रहेका चिनियाँ नागरिकको सुरक्षाको संरक्षण गर्न आग्रह पनि गरेको छ।

फ्रान्सले पनि एक वक्तव्य जारी गर्दै फ्रान्सका विभिन्न विभागले सम्बन्धित घटनाबारे आवश्यक कदम चालेर यस दुर्घटनालाई जाँचबुझ गरिरहेको जनाएको छ। फ्रान्सको लागि चिनियाँ दूतावासले चीनको परराष्ट्र मन्त्रालय र दूतावासबीच समन्वय गरी मृतक परिवार र सम्बन्धित पक्षको उद्धार गर्ने पनि जनाएको छ।

जानकारी तथा लेखहरु