फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाकिस्तानद्वारा संविधानको संशोधित मस्यौदा पारित

(GMT+08:00) 2017-03-29 16:35:27
 

पाकिस्तानी संसदको माथिल्लो सदनले अठाईस तारिख संविधानको संशोधित मस्यौदालाई पारित गर्दै आतंकवादी मुद्दाको छानबिनका लागि विशेष सैनिक अदालतको कार्यावधिलाई थप दुई वर्षसम्म लम्ब्याउने प्रस्तावमापनि सहमति भएको जनाएको छ।

हिजै संसदद्वारा आयोजित मतदानमा ७८ मत पक्षमा र विपक्षमा ३ मत परेकोले संविधानको संशोधित मस्यौदा पारित भएको थियो।

पाकिस्तानी राष्ट्रिय संसदको तल्लो सदनले उक्त संशोधित मस्यौदालाई पारित गरेको थियो। सो मस्यौदा पाकिस्तानी राष्ट्रपतिद्वारा अनुमोदन गरिएपछि औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ।

पाकिस्तानी वित्त मन्त्री इशाक दारले संसदको मतदान कार्यक्रममा सहभागी हुँदै विशेष सैनिक अदालतको कार्यावधिलाई लम्ब्याउने विषय देशको आतंकवाद विरोधी कार्यको आवश्यकता अनुकूल भएकाले त्यो एउटा ठीक निर्णय हो भन्नेमा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु