फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सामन्ती दासत्वबाट मुक्ति पाएका सुखीतिब्बती

(GMT+08:00) 2017-03-29 18:47:45

मार्च अठाइस तारिखलार्इ तिब्बतीहरूले लाखौँलाख भूदास मुक्त भएको दिनको रूपमा मनाउने गर्छन्। लाखौँलाख भूदासले आजभन्दा 58 वर्षअघि सामन्ती दासत्वबाट मुक्ति पाएका थिए। नयाँ तिब्बतमा सुखद जीवन बिताउँदै आइरहेका तिब्बतीहरूले 58औँ मुक्ति दिवस हर्षोल्लासपूर्वक मनाएका छन्।

ल्हासाबाट केही टाढा बस्ने एक तिब्बती किसान परिवार जो गरिवी निवारण योजनाबाट लाभान्वित भएका छन् उनीहरूले पनि अरू तिब्बतीहरूले जस्तै रमाइलो गरी उक्त दिवस मनाएका छन्।

प्रदेश सरकारले छिरिङको अवस्था हेरेर गत वर्ष मात्र मासिक ३५०० यूआन तलबको जागिर दिएको थियो। उनकी श्रीमती छुङदा हाल झनै खुशी छिन् किनकी उनीहरूले हालसालै करेसाबारीसहितको नयाँ घर किनेका छन्। सिआरआर्इलार्इ चौबीस घण्टा तातोपानीको व्यवस्था भएको र प्राकृतिक ग्यास र सौर्य ऊर्जा हिटरसमेत जडित उक्त १८० वर्गमिटर क्षेत्रफलभित्र बनेको १३० वर्गमिटरको घरमा भगवान बुद्ध पुज्न बेग्लै पूजाकोठासमेत भएको बताउँदै छुङदाले खुशी व्यक्त गरिन्।

छिरिङसहित करिब ४०० घरपरिवार बस्दैआएको एक गाउँबस्तीलार्इ स्थानीय सरकारले स्थान्नतरण गरी यस सुविधासम्पन्न घरबस्तीमा सारेको हो।

हाल छिरिङका तीन सन्तान चीनको विभिन्न शहरमा विश्वविद्यालयमा अध्ययनरत छन्।

जानकारी तथा लेखहरु