फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

एकै दिन दुई अर्ब ५६ करोड सेयर कारोबार

(GMT+08:00) 2017-03-30 18:33:01

सेयर बजारमा बुधबार हालसम्मकै दोस्रो उच्च कारोबार भएको छ। एक महिना अघिसम्म दैनिक ३०-३५ करोडको कारोबार हुने गरेको धितोपत्र बजार बुधबार एकै दिन दुई अर्ब ५६ करोड कारोबार भएको अन्नपूर्णपोस्टले लेखेको छ।

यस अघि पनि नेप्से परिसूचक उच्च बिन्दुमा पुगेका बेला अहिलेभन्दा बढी कारोबार भएको थियो। बुधबार १५ हजारभन्दा बढी पटक भएको सेयर कारोबार नम्बरका आधारमा करिब आठ महिनायताकै धेरै हो। यस अघि साउनमा १२ हजार पटक सेयर कारोबार भएको थियो।

बजार उचालिन थालेपछि आम लगानीकर्ता तथा संस्थाले समेत बैंकमा डिपोजिट गरेर राखेका रकमसमेत झिकेर सेयरमा लगानी लगानी गर्न थालेका छन्।

बुधबार दिनभर बजार घटबद भइरहँदा नेप्सेमा ५५ अंकको फरक परेको थियो। यसले सेयर मूल्यमा निकै उथलपुथल भएको पुष्टि गर्दछ।

नेपाल ब्रोकर संघका पूर्वअध्यक्ष अन्जनराज पौडेलले अहिले बजारमा अल्पकालीन लगानीकर्ताको बाहुल्यता देखिएको बताए। डिम्याटका कारण स्टेटमेन्ट राफसाफ छिटो हुनु, अनेत्र गएको लगानी सेयर बजारमा फर्किनु र संस्थागत तथा व्यक्तिगत लगानी बढ्दा परिसूचक घटे पनि कारोबार रकम बढेको पनि उनले बताए। पुँजी बजारको विकास र विस्तारसँगै देशका विभिन्न स्थानमा सेयर कारोबार बढेको पौडेलले बताए।

यसका साथै सूर्य टोवाको तथा ठूला सिमेन्ट उद्योग, हस्पिटल, ट्रेडिङ सेन्टर जस्ता कम्पनी सेयर बजारमा सूचीकृत भए यो कारोबार तेब्बरले बढ्ने विज्ञको भनाइ छ। मंगलबार उच्च अंकले उकालो लागेको नेप्से परिसूचक बुधबार दोहोरो अंकले ओरालो लागेको छ। बुधबार परिसूचक २२.३३ अंकले ओरालो लागेर १५८८.२९ अंकमा झरेको छ। बजार खुलेको केही समयमै बढेर १६४३ अंकमा पुगेको परिसूचक करिब एक घन्टामै घटेर १५९५ अंकमा झरेको थियो। त्यसपछि कारोबारमा निरन्तर ओरालो लागेर १५८८ अंकमा अडेको छ। बुधबार १४९ कम्पनीको ५० लाख ३३ करोड कित्ता सेयर किनबेच भएको छ।

जानकारी तथा लेखहरु