फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

राष्ट्राध्यक्ष सीद्वारा फिन्ल्याण्डको राजकीय भ्रमण गरिने

(GMT+08:00) 2017-03-30 18:53:53
गणतन्त्र फिन्ल्याण्डका राष्ट्रपति साउली निनिस्टो निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङले अप्रिल चारदेखि छ तारिखसम्म फिन्ल्याण्डको राजकीय भ्रमण गर्नुहुने छ। यसका अतिरिक्त उहाँले अप्रिल छदेखि सात तारिखसम्म अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकोनिमन्त्रणामाअमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित मार ए लागोमा राष्ट्रपति ट्रम्पसँग भेट-वार्ता गर्नुहुने कार्यक्रम रहेको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङले तीस तारिख बताउनुभएको छ।

फिन्ल्याण्डचीनसँग सबैभन्दा पहिले दौत्य सम्बन्ध कायम गरेको पश्चिमा मुलुक मध्येको एक हुनुका साथै चीन सरकारबीच व्यापारिक सन्धिमा हस्ताक्षर गर्ने पहिलो पश्चिमी मुलुक पनि हो।फिन्ल्याण्डेली नेताहरूले राष्ट्राध्यक्षसीलाई धेरै पटक फिन्ल्याण्ड भ्रमणको निमन्त्रणा दिएको थियो।राष्ट्रनायकको हैसियतले राष्ट्राध्यक्षसी को यसभ्रमण चालुवर्षकै यूरोपेली संघका मुलुक तथा उत्तरी यूरोपको पहिलो भ्रमण हो।उहाँको भ्रमणबाट फिन्ल्याण्डसँग भविष्य उन्मुख हुने नयाँ ढाँचाको सहयोगी साझेदारी सम्बन्ध प्रति चीनको इच्छा र यूरोपेली संघ तर्फ चीनको समर्थन पनि स्पष्टसँग प्रतिबिम्बित गरिएको पनि प्रवक्ता लुखाङले औंल्याउनु भएको छ।

जानकारी तथा लेखहरु