फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सीमावर्ती क्षेत्रका नेपालीलाई सैन्य तालिम

(GMT+08:00) 2017-03-31 15:49:17

भारतीय पक्षबाट हुने ज्यादती र बलमिच्याईँका कारण सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरुले पटक–पटक दुःख पाउँदै आएका छन्। अझ भारतीय सीमा सुरक्षा बल (एसएसबी)का कारण नेपालका सीमावर्ती क्षेत्रमा बस्दै आएका नेपालीहरु आजित भएका छन्।

सरकारले भारतसँगको सीमा विवाद मिलाउन नसक्दा सीमावर्ती क्षेत्रका नेपालीहरुले अनेकौं कष्ट भोग्न बाध्य छन्। भारतीय पक्षको ज्यादती खेप्दै आएका सीमाबर्ती क्षेत्रका नेपाली युवाहरुले सीमा रक्षाका लागि सैन्य तालिमको माग गरेको अन्नपूर्णपोस्टले लेखेको छ।

नेपाली सीमा सुरक्षा गर्न राष्ट्रियस्तरबाटै सर्तकता अपनाउनु जरुरी भएपनि सरकारले वेवास्ता गरेको राजापुर नगरपालिकाका स्थानीय युवाको भनार्इ छ। बर्दियाका विवादित सीमा क्षेत्रको सीमांकनस्पष्ट नगरिए टनकपुर, सुस्ता, लिपुलेक लगायतका भू–भाग जस्तै गुम्न सक्ने खतरा रहेको बताएका छन्। भारतीय विस्तारवादी प्रवृति अनुसार बर्दियाको हुलाकी मार्गसम्म नेपाली भूमि भारतीय पक्षले कव्जा गर्न सक्ने सम्भावना रहेकाले नेपाली भूमिको सुरक्षाका लागि १८ वर्षसम्मका नेपाली युवायुवतीलाई सैन्य तालिम दिनुपर्ने माग छ।

बर्दिया निर्वाचन क्षेत्र नम्वर ४ का सांसद मानवहादुर थारुको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत जडान गर्न थालिएको तारबार भारतीय सीमा सुरक्षाबल (एसएसवी) का जवानहरुले अवरोध गरेको थारुले वताए। उनले पटक–पटक सम्वन्धित निकायलाई जानकारी गराउँदा पनि कुनै वास्ता नगरिएकोमा दुःख व्यक्त गरे। उनले सरकारले चासो नदिए भारतीय पक्षले हुलाकी मार्गसम्मको भूमि कब्जा गर्न सक्ने बताए।

जानकारी तथा लेखहरु