फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको परराष्ट्र मन्त्रालयद्वारा राष्ट्राध्यक्ष सीको फिन्ल्याण्ड भ्रमणबारे पत्रकार सम्मेलनको आयोजना

(GMT+08:00) 2017-03-31 16:01:50

चीनको परराष्ट्र मन्त्रालयले एकतीस तारिख पत्रकार सम्मेलनको आयोजना गरेको छ। उप परराष्ट्र मन्त्री वाङ छाउ र चङ च क्वाङले बेग्ला बेग्लैगरी राष्ट्राध्यक्ष सी चिन फिङले गर्नुहुन लागेको फिन्ल्याण्डको राजकीय भ्रमण र अमेरिकामा चीन-अमेरिका राष्ट्रनायक बीचको भेट-वार्तामा सहभागी हुनुहुने विषयबारे जानकारी दिनुभएको छ।

उप परराष्ट्र मन्त्री वाङ छाउले राष्ट्राध्यक्ष सीले अप्रिल चारदेखि छ तारिखसम्म फिन्ल्याण्डको राजकीय भ्रमण गर्नुहुने जानकारी दिनुभएको छ। जुन राष्ट्राध्यक्ष सीले राष्ट्रनायकको हैसियतले उत्तर यूरोपको भ्रमण गर्नुहुने पहिलो पटक हो।

त्यसै गरी उप परराष्ट्र मन्त्री चङ च क्वाङले राष्ट्राध्यक्ष सीले अप्रिल छदेखि सात तारिखसम्म अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित मार एलागोमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट-वार्ता गर्नुहुने जानकारी दिनुभएको छ। जुन अमेरिकी नयाँ सरकार शपथग्रहण गरिएपछि चीन र अमेरिका दुवै देशका राष्ट्रनायक बीच हुने पहिलो भेट-वार्ता पनि हो।

जानकारी तथा लेखहरु