फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलद्वारा स्विजर्ल्याण्डको भ्रमण

(GMT+08:00) 2017-03-31 16:05:17

चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समिति एवम् राष्ट्रिय जन काँग्रेस अन्तर्गत जातीय परिषद्का उपाध्यक्ष पदमा तासिनलको नेतृत्वमा रहेको राष्ट्रिय जन काँग्रेसको तिब्बती प्रतिनिधि मण्डलले अठाईसदेखि एकतीस तारिखसम्म स्विजर्ल्याण्डकोभ्रमण गर्नुका साथै संघीय स्विजर्ल्याण्डकोसंसद, सरकारी पदाधिकारी र स्विजर्ल्याण्डमा बसोबास गरिरहेका केही तिब्बती देशबन्धुहरूसँग विस्तृत आदान-प्रदान गरेको छ।

बनको भ्रमण अवधिमा प्रतिनिधि मण्डलका सदस्यहरूले बेग्ला बेग्लैगरी संघीय स्विजर्ल्याण्डको संसदका सभामुख जुर्ग स्टाह्ल, सांसद एवम् पूर्व सभामुख क्रिस्टा मार्कवाल्डरसँग भेटघाट गर्नुबाहेक संघीय स्विजर्ल्याण्डकोविदेश मन्त्रालयका उप राज्य सचिव जर्ज मार्टिनसँग भेट-वार्ता गरेका छन्।

जुरिचको भ्रमण अवधिमा प्रतिनिधि मण्डलका सदस्यहरूले त्यहाँ बसोबास गरिरहेका केही तिब्बती देशबन्धुहरूसँग सौहार्दपूर्वक आदान-प्रदान गरेका छन्।

जानकारी तथा लेखहरु