फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

भारतको दक्षिणी भागमा गम्भीर खडेरी

(GMT+08:00) 2017-03-31 16:19:45

खराब मौसमका कारण भारतको दक्षिणी भागमा एक सय पचास वर्षयताकै सबैभन्दा गम्भीर खडेरी लागेको छ। त्यहाँ पानीको सतह इतिहासकै न्यूनतम बिन्दुमा झरेको छ।

भारतीय केन्द्रीय जल स्रोत परिषद्को तथ्याङ्कअनुसार, खडेरी प्रकोपग्रस्त क्षेत्रमा संचयगरिएको पानीकोप्रयोग मोटामोटी रुपमाबितेका बीस दिनभित्र गरिएको थियो।त्यसले स्थानीय बासिन्दाका लागि आगामी महिनाको सामान्य जीवनमा गम्भीर चुनौती ल्याएको छ।

इन्डिया टार्इम्सले उक्त परिषद्का पदाधिकारीको कुराको उद्धृत गर्दै जनाएअनुसार, भारतीय केन्द्रीय जल स्रोत परिषद्ले वास्तविक अवस्थाबारे भारत सरकारसमक्ष अवगत गराइसकेको छ। हाल भारतीय जल मन्त्रालय आदि विभागहरूले खडेरी प्रकोपको सामना गर्न समन्वय गर्नुका साथै प्रभावकारी कदम चाल्नेछन्।

सरकार प्रकोप प्रतिरोध गर्न असक्षम भएका कारण स्थानीय बासिन्दाहरूले असन्तोष व्यक्त गरेका छन्।

जानकारी तथा लेखहरु