फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ तथा अमेरिकी नेताको मारएलागोको भेटले दुई मुलुकको भविष्यबारे निर्णय हुने अमेरिकी विद्वानको भनाइ

(GMT+08:00) 2017-03-31 16:20:32

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले स्थानीय समय अप्रिल छ तारिखदेखि सात तारिखसम्म अमेरिकाको फ्लोरिडाको मारएलागोमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ।

प्रसिद्ध चिनियाँ विशेषज्ञ एवम् अमेरिकी ब्रोकिङ्स संस्था चीन केन्द्रका प्रमुख ली छङ्गले पत्रकारलार्इ अन्तर्वार्ता दिंदै यस पटकको भेट निकै महत्वपूर्ण रहनुका साथै दुई मुलुक बीचको भविष्यको सम्बन्धलाई समेत दिशानिर्देश गर्नसक्ने बताउनुभएको छ।

चीन र अमेरिकाको सम्बन्ध विगत केही वर्षदेखि र राष्ट्रपति ट्रम्प सत्तामा आएअघि र पछिको केही समयमा केहि परिवर्तन भए तापनि सही बाटोमा फर्केको व्यक्त गर्दै विज्ञ ली छङ्गले यस एक्काईसौं शताब्दीको सबैभन्दा महत्वपूर्ण दौत्य सम्बन्धसामु चिनियाँ नेताको बुद्धिमत्ताले सम्बन्धलार्इ राम्रो बनाउने आशा गरेको बताउनुभएको छ।

जानकारी तथा लेखहरु