फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकाका नेतागणको भेट अप्रिलमा हुने

(GMT+08:00) 2017-03-31 16:21:14

चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता लु खाङ्गले हिजो मार्च तीस तारिख बताए अनुसार, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले अप्रिल छ तारिखदेखि सात तारिखसम्म अमेरिकाको फ्लोरिडाको मारएलागोमा भेटवार्ता गर्नुहुने छ। यो राष्ट्रपति ट्रम्पले यसै वर्षको जनवरीमा सत्ता सम्हालेपछि पहिलो पटक राष्ट्राध्यक्ष सीसंग भेटवार्ता गर्ने कार्यक्रम भएको पनि प्रवक्ताले बताउनुभएको छ।

यसै क्रममा चिनियाँ अन्तर्राष्ट्रिय मामिला अनुसन्धान परिषद्का प्रमुख सु गले राष्ट्राध्यक्ष सी र राष्ट्रपति ट्रम्पको यस पटकको भेट नयाँ समयको दौत्य सम्बन्धका लागि महत्वपूर्ण अर्थ रहेको व्यक्त गर्नुभएको छ।

भेटको अवसरमा साझा अभिरुचिका विषयबाहेक उत्तर कोरिया प्रायद्विपको आणविक समस्या आदि क्षेत्रीय मामिला पनि चीन र अमेरिकाका नेतागणले चर्चा गर्ने विषय हुने छ।

जानकारी तथा लेखहरु