फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन-पाकिस्तान आर्थिक करिडोरबाट नयाँ अवधिको व्यापारिक विकासको प्रबर्द्धन

(GMT+08:00) 2017-03-31 18:39:41

चीन-पाकिस्तान आर्थिक करिडोरपरियोजना सम्पन्न भएपछि जल, स्थल र वायु लगायतका विभिन्न क्षेत्रबाट पाकिस्तान तथा विश्वका अन्य मुलुक बीचको सम्पर्कलाई सबल पार्न, व्यापारिकर वाणिज्य गतिबिधिका लागि सशक्त समर्थन गर्न र पाकिस्तानलाई विकास र समृद्धि हुने नयाँ अवधिमा पुर्‍याउनसकिनेपाकिस्तानी राष्ट्रपति मामनुन हुसेनले बताउनुभएको छ। पाकिस्तानी बिज्नेस रेकर्ड अखवारले हिजो जनाए अनुसार, पाकिस्तानी राष्ट्रपति हुसेनले "चीन-पाकिस्तान आर्थिक करिडोर: मौका र चुनौती"शीर्षकको गोष्ठीलाई सम्बोधन गर्दै उक्त कुरा औंल्याउनुभएको हो।

राष्ट्रपति हुसेनका अनुसार, चीन-पाकिस्तान आर्थिक करिडोर क्षेत्रीय सम्पर्क र आवत-जावत हुने प्रारुप भएकाले पाकिस्तान र चीनका लागि मात्र हितकर नभई त्यसबाट समस्त क्षेत्र लाभान्वित हुनेछ। त्यस विशाल परियोजना भौगोलिक दृष्टिबाट साझा विकास, भाग्यको उपभोग र शान्तिपूर्वक बाँच्ने सपनालाई साकार तुल्याउनका लागि सघाउ पुग्नेछ।

जानकारी तथा लेखहरु