फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपालमा अव फरक रक्त समूहबीच मृगौला प्रत्यारोपण सुरु

(GMT+08:00) 2017-04-01 15:15:36
त्रिवि शिक्षण अस्पतालले मुलुकमा पहिलोपटक फरक रक्त समूहका दाता र ग्रहणकर्ताबीच मृगौला प्रत्यारोपण सेवा सुरु गरेको छ। 'एवो इनकम्प्याटेवल रेनल ट्रान्सप्लान्ट' भनिने यो मृगौला प्रत्यारोपणमा अस्पताल प्रत्यारोपण सेवा शुरु गरेको 9 वर्षपछि सफल भएको हो। यो प्रत्योरणमा मृगौला दिने र लिने दुवै व्यक्ति स्वस्थ रहेको अस्पतालले जनाएको छ।

हालसम्म रहेको 'ओ' रगत समूह बाहेकका सबै दाताले आफनै रगत समुहका व्यक्तिलाइ मृगौला दान दिनु पर्ने वाध्यता अव हटेको छ। यो जटिल प्रविधि भएकोले भारतमा समेत दुई-चार केन्द्रबाहेक अन्य ठाउमा 'एवियो इनकम्प्याटेवल', प्रत्यारोपण गरिने छैन। विज्ञहरुको अनुसार यस्तो प्रत्यारोपण जापानमा बढी हुने गरेको छ। यस्तो प्रत्यारोपण गर्न विरामीको पूर्व उपचार आवश्यक हुन्छ। यसको लागि दुई साता अघि नै विरामीलाई अस्पतालमा भर्ना गरेर अलग रक्त समुहको मृगौला लिन शरिरमा उपयुक्त वातावरण वनाइन्छ। प्रत्यारोपणपछि समेत विरामीको उपचार गरिन्छ।

एउटा तथ्याङ्क अनुसार करिव 30 प्रतिशत सम्भावित मृगौलाको जीवित दाताहरुमा रगत समुह नमिल्ने समस्या देखिएको थियो। फरक रगत समुहको मृगौला स्विकार गर्न शरिरमा उपयुक्त वातावरण निर्माणको लागि भने खर्च करिव थप पाँच लाख रुपियाँ लाग्नेछ। शिक्षण अस्पतालले 9 वर्षमा चार सय 21 वटा मृगौला प्रत्यारोपण गरेको छ। अस्पतालले दुई वर्ष अघि वालवालिको मृगौला प्रत्यारोपण समेत सुरु गरेको ईकान्तिपुरमा खबर छ।

जानकारी तथा लेखहरु