फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आजदेखि नेपालमा युरो-4 मापदण्डको पेट्रोलियम बिक्री वितरण गरिने

(GMT+08:00) 2017-04-01 15:17:26

 

नेपाल आयल निगमले आजबाट युरो-4 मापदण्डको तेल बिक्री वितरण गर्ने भएको छ। सन 2007 मा नै युरो-4 मापदण्डको इन्धनको अवधारणा आएपनि सन 2010 मा विश्व बजारमा लागू भइसकेको छ।

भारतीय आयल निगमसँग आगामी सन् 2022 मार्चसम्मको लागि इन्धन खरिद सम्झौता नवीकरण गर्दै आज अप्रिल 1 देखि युरो 4 मापदण्डको पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन आयात गर्न लागेको निगमका प्रवक्ता सीताराम पोख्रेलले बताए।

हाल नेपालले युरो-3 मापदण्डको इन्धन आयात र वितरण गरिरहेको नेपाल समाचारपत्रमा खबर छ।

जानकारी तथा लेखहरु