फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाली व्यवसायी र भन्सारबीचको असमझदारीले चिनियाँ सामान आयातमा असर

(GMT+08:00) 2017-04-01 15:21:13

रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामानको व्यापार अझै सहज हुन सकेको छैन। भन्सार किताबी मूल्यका आधारमा सामानको मूल्यांकन गर्ने नीति अघि सारिएपछि व्यवसायीले कन्टेनर छुटाउन आनाकानी गरेकाले व्यापारिक कारोबार रोकिएको हो। किताबी मूल्यमा आधारित भएर मूल्यांकन गर्दा घाटा लाग्ने भन्दै व्यवसायीले कन्टेनर छुटाउन नचाहेका हुन्। दुई महिनादेखि बन्द व्यापारिक कारोबार रसुवागढी भन्सार र व्यवसायीबीचको सहमतिमा सोमबारदेखि पूर्ण रूपमा सञ्चालन भएको जानकारी दिइएको थियो। तर, व्यवसायीले भन्सार यार्डमा रहेका सामान अझै छुटाउन आनाकानी गर्दै आएका छन्। तीन दिनमा 50 वटा कन्टेनर राजधानी भित्रेको जनाइएको छ। भन्सार यार्डमा झन्डै 2 सय सामान बोकेका कन्टेनर पार्किङ गरिएको छ।

भन्सार प्रमुख केदार पनेरुका अनुसार सहमतिपछि दैनिक 10–12 वटा कन्टेनरको राजधानी भित्रने गरेको छन्। पहिलेको तुलनामा यो संख्या न्यून हो। भन्सारका अनुसार सहज अवस्थामा दैनिक 30–40 कन्टेनर छुट्ने गरेका थिए। भन्सार प्रमुखको सरुवा विवाद र ल्होसार पर्वका कारण कारोबारमा मन्दी देखिएपछि यस अवधिमा करोडौं राजस्व संकलन ठप्प भएको थियो। यो महिनाको बुधबारसम्म 6 करोड 21 लाख राजस्व संकलन भएको छ।

भन्सारले विगतमा तुलनामा बढी कडाइ गरेपछि तयारी पोसाकका एउटा कन्टेनर सामानको 13 देखि 14 लाख रुपैयाँ राजस्व तिर्नुपर्ने भएको छ।यो नाकाबाट तयारी कपडा, जुत्ता, इलेक्ट्रोनिक सामान, खेलौना, फर्निचर, स्याउ, लसुनलगायतका उपभोग्य वस्तु आयात हुने गरेका छन्।

जानकारी तथा लेखहरु