फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'मा नेपालबाट 18 वटा चलचित्र सहभागी गराइने

(GMT+08:00) 2017-04-01 15:24:06

स्विजरल्यान्डमा हुने 'फ्रिवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव'मा नेपालबाट 18 वटा चलचित्र सहभागी गराइने भएको छ। 'न्यु टेरिटरी' विधा अन्तर्गत नेपाली चलचित्रको विशेष प्रदर्शनी गरिने भएको हो। इन्टरनेसनल डी फिल्म्स फ्रिवर्गको आयोजनामा (मार्च 31 देखि अप्रिल 9) चैत 18 देखि 27 गतेसम्म हुने फेस्टिवलमा नेपाली कथानक चलचित्र अन्तर्गत नेपालको पहिलो रङ्गीन चलचित्र कुमारी प्रदर्शनी गरिने जनाइएको छ।

चलचित्र विकास बोर्डले दिएको जानकारी अनुसार, सिन्दुर, वासुदेव, कागबेनी, नुमाफुङ, मुकुण्डो, सुनगाभा, लुट, सेर्दाक, कालो पोथी, हु विल बी अ गुर्खा, सुन्तली, हाइवे, ह्वाइट सन (सेतो सूर्य) प्रदर्शन गरिनेछ । त्यस्तै छोटा चलचित्रमा दद्या, झा लो, काफल पाक्यो, मलामी, छोरा र भ्वाइस लेस चलचित्र प्रदर्शन गरिनेछ। बोर्डका अनुसार नेपालमा छायाङ्कन गरिएका विदेशी चलचित्रमध्ये हलिउडको एभरेस्ट, कोरियाको हिमालय, जापानको एभरेस्ट–समिट अफ द गड्स, एरिक भ्यालीको डकुमेन्ट्री हिमालयन गोल्ड रस पनि महोत्सवमा प्रदर्शन गरिनेछ। नेपाली चलचित्र महोत्सव अवधिमा कम्तीमा दुईपटक प्रदर्शन गरिने जनाइएको छ ।

महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्रको फिचर फिल्म प्रतिस्पर्धा अन्तर्गत नेपाली चलचित्र 'ह्वाइट सन (सेतो सूर्य)' र सर्ट फिल्ममा 'झा लो'ले अन्य विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नेछन् । नेपालका निर्देशक सुवर्ण थापा अन्तर्राष्ट्रिय जुरीमा रहेका गोरखापत्र अनलाईनले जनाएको छ।

जानकारी तथा लेखहरु