फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

युरोपेली संघद्बारा "युरोपेली संघबाटबेलायतको बहिर्गमन" सम्झौता-वार्ताको निर्देशनात्मक मस्यौदा सार्वजनिक

(GMT+08:00) 2017-04-01 15:25:04

युरोप परिषद्का अध्यक्ष डोनाल्ड टस्कले मार्च एकतीस तारिख " युरोपेली संघबाट बेलायतको बहिर्गमन" सम्झौता-वार्ता सम्बन्धी युरोपेली संघको निर्देशनात्मक मस्यौदा सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार, युरोपेली संघले दुई चरणमा विभाजन गरेर बेलायतसँग सम्झौता-वार्ता गर्ने निर्णय गरेको छ। "युरोपेली संघबाट बेलायतको बहिर्गमन" सम्झौता-वार्तामा विस्तृत प्रगति हासिल होउन्जेलसम्म युरोपेली संघले बेलायतसँगको भावी सम्बन्ध भन्ने विषयबारे छलफल गर्नसक्नेछ। उहाँको यो भनाई बेलायती प्रधानमन्त्री थेरेसा मेरी मेले "युरोपेली संघबाट बेलायतको बहिर्गमन" सम्बन्धी चिट्ठीमा लेख्नुभएको अभिव्यक्ति बीच केही भिन्नता देखा परेको देखिन्छ।

अध्यक्ष टस्कले हिजै माल्टाको राजधानी भाल्लेटामा युरोपेली संघको वर्तमान अध्यक्ष मुलुक माल्टाका प्रधानमन्त्री मुस्कटसँग वार्ता गर्दै"युरोपेली संघबाट बेलायतको बहिर्गमन" सम्झौता-वार्ता सम्बन्धी युरोपेली संघको निर्देशनात्मक मस्यौदाबारे वैचारिक आदान-प्रदान गर्नुभएको थियो।

जानकारी तथा लेखहरु