फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विभिन्न मुलुकद्बारा स्वास्थ्य क्षेत्रको लक्ष्यलाई व्यवहारमा उतार्न चिनियाँ प्रतिनिधिको आग्रह

(GMT+08:00) 2017-04-01 15:26:01
संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय प्रतिनिधि लिउ चे यीले मार्च एकतीस तारिख विभिन्न मुलुकहरूले सन् 2030को दिगो विकासको कार्यसुची सम्बन्धी स्वास्थ्य र विकलाङ्ग क्षेत्रको लक्ष्यलाई छिटोभन्दा छिटो व्यवहारमा उतार्नुपर्ने कुरा बताउनुभएको छ। विभिन्न देशहरूले आ-आफ्नो वास्तविक अवस्था बमोजिम योजना तर्जुमा गरी व्यवस्थापन सहित चाँडै नै राजनीतिक वचन-बद्धतालाई वास्तविक कारवाहीमा परिणत गर्न पनि उहाँले अपील गर्नुभएको सिन्ह्वा समाचार समितिले लेखेको छ।

संयुक्त राष्ट्र संघले हिजै "विश्व अटिज्म सचेतना दिवस" सम्बन्धी उच्चस्तरीय सम्मेलन उद्धाटन समारोहको आयोजना गरेको छ। चिनियाँ प्रतिनिधि लिउले त्यस उद्धाटन समारोहलाई सम्बोधन गर्दै यस्तो आह्वान गर्नुभएको हो।

हाल अटिज्म रोगीको संख्या सारा विश्वमा बढ्दैगएकाले एक किसिमको विरलै देख्नसकिने रोगबाट फ्लु संक्रमणको रुपमा फैलिएर एउटा बिशाल अन्तर्राष्ट्रिय स्वास्थ्य चुनौती बनेको कुरा पनि प्रतिनिधि लिउले औंल्याउनुभयो।

जानकारी तथा लेखहरु