फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

ट्रम्पको नयाँ निर्देशनमा अमेरिकी ब्यापारिक घाटा ध्यानाकर्षणको विषय

(GMT+08:00) 2017-04-01 15:26:43
 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च एकतीस तारिख ब्यापार सम्बन्धी दुईवटा निर्देशनमा हस्ताक्षर गर्नुभएको छ। ती दुईवटा निर्देशनको ध्यानाकर्षणको विषय अमेरिकी ब्यापारिक घाटा समस्या रहेको छ। त्यसबाट भावी ब्यापारिक नीतिका लागि मार्ग प्रशस्त गरिनेछ।

ह्वाइट हाउसको आग्रह अनुसार अमेरिकी वाणिज्य मन्त्री र ब्यापारिक प्रतिनिधिले नब्बे दिनभित्र राष्ट्रपतिसमक्ष अमेरिकी ब्यापारिक घाटा सम्बन्धी एउटा छानबीन प्रतिवेदन पेश गर्नुपर्छ। अमेरिकी वाणिज्य मन्त्री विल्बुर रोसले वाणिज्य मन्त्रालयले अधिकांश तथ्यको अनुसन्धान गरी द्बिपक्षीय ब्यापारिक घाटा उत्पन्न हुने मुख्य कारण पत्ता लगाएर ट्रम्प सरकारको भावी नीतिको समन्वयका लागि जग बसाल्ने कुरामा जोड दिनुभएको छ।

जानकारी तथा लेखहरु