फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन र अमेरिकी नेतागणको भेटघाट सफल हुने चीनका लागि पूर्व अमेरिकी राजदूतको भनाइ

(GMT+08:00) 2017-04-01 18:40:28
 

चीनका लागि अमेरिकाका पूर्व राजदूत जे स्टाप्लेटन रयले मार्च एकतीस तारिख आयोजित एउटा कार्यक्रममा चीन र अमेरिकाका नेतागणबीचको भेटघाट सफल हुने र दुई पक्षले भेटमार्फत सक्रिय उपलब्धी हासिल गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

उहाँले अमेरिका प्रबुद्ध मण्डलको रणनैतिक र अन्तर्राष्ट्रिय मामिला अध्ययन केन्द्रमा आयोजित गोष्ठीमा उक्त कुरा बताउनुभएको हो। चीनका राष्ट्राध्यक्ष सी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेटमार्फत अझ राम्रो आदानप्रदान गर्न सक्ने र दुई पक्षले विभिन्न समस्याको समाधान गर्ने, सम्बन्ध स्थापनाका लागि हितकर हुने पनि उहाँले बताउनुभयो।

जानकारी तथा लेखहरु