फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यस साता दक्षिण एशियाका महत्वपूर्ण समाचारहरु

(GMT+08:00) 2017-04-01 18:41:31

मार्च सत्ताईस तारिख चीनका राष्ट्राध्यक्ष सी चिन फिङ्गले जन वृहत सभा भवनमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले नेपालले एक चीनको नीतिप्रति प्रतिवद्ध रहँदै कुनै पनि संगठनलाई नेपालको भूमिमा चीनविरोधी गतिविधि गर्न नदिने अठोट व्यक्त गर्नुभयो। नेपालले एक पेटी एक मार्ग प्रस्तावलाई समर्थन गर्दै विभिन्न क्षेत्रमा सहयोगलाई विस्तृत पार्ने ईच्छा लिनुका साथै अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलामा समन्वय र सहयोग गर्दै जाने प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो।

मार्च सत्ताईस तारिख नेपाल लगानी मौका गोलमेच बैठक पैचिङ्गमा आयोजित भयो। नेपाल सरकारका सम्बन्धित जिम्मेवार व्यक्तिले नेपाल सरकारले चिनियाँ व्यवसायीहरुले पूर्वाधार लगानी, विजुली, खनिज, पेट्रोलियम, आधुनिक कृषि र पर्यटन आदि महत्वपूर्ण क्षेत्रमा लगानी गर्नका लागि स्वागत गर्ने बताए।

मार्च पच्चीस तारिख भारतीय उद्योग र वाणिज्य संगठनका महासचिव अल्वाइन दिदार सिंहले पोआउ एशिया मञ्च बार्षिक सम्मेलनमा बोल्दै चीन र भारत दुवै विकासोमुन्ख मुलुक हुनुका साथै विश्वव्यापीकरणबाट लाभान्वित भएर भारतले उक्त लाभ कायम राख्ने आशा लिई अर्थतन्त्रमा अझ ठूलो विकासको अवसर पाउन सक्ने बताउनुभयो।

मार्च सत्ताईस तारिख चीन पाकिस्तान आर्थिक कोरिडर क्षमता निर्माण केन्द्र पाकिस्तानको राजधानी इस्लामाबादमा स्थापना भएको छ। यो पाकिस्तानको पहिलो चीन पाकिस्तान आर्थिक कोरिडरको निर्माणमा ध्यान दिइएको प्रबुद्ध मण्डल रहेको छ। उक्त केन्द्र पाकिस्तानको योजना, विकास र सुधार विभागअन्तर्गत रहनुका साथै सत्र जना विशेषज्ञ रहेका छन्।

मार्च अठाईस तारिख श्रीलंकाका विदेश मन्त्री मंगला मसरावीराले चीनले दक्षिण हाम्बान्टोटा बन्दरगाह क्षेत्रमा लगानी गर्ने योजना रहेकोले उक्त योजनाले दक्षिण श्रीलंकाको विकास परिस्थितिलाई सुधार गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु